रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा एक युवक पक्राउ

 रुकुम पश्चिम, २७ श्रावन ।  रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–११ निवासी २३ वर्षिय प्रेम मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो । प्रहरीका अनुसार सानीभेरी गाउँपालिका–४ लामाचौरकी ४९ वर्षिय शुसिला मल्लको हत्या आरोपमा उनलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । शुसिलाको गत साउन २२ गते राती आफ्नै घरमा हत्या भएको थियो । उनीहरुको बिचको अवैध सम्बन्धको कारण हत्या गरिएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरीले जनाएको छ ।


मृतक र हत्या आरोपीबिच डेढ वर्ष पहिले जाजरकोटको रिम्ना मेलामा चिनजान भई फोन नम्वर साटासाट भएको र सम्बन्ध झाँगिएपछि २१ गते राती प्रेम मृतकको घरमा बास बस्ने बाहनामा गएर महिलाको हत्या गरेको खुलेको छ । मृतक शुसिलाले दुईजना बिचको सम्बन्ध बारे गाउँ घरमा हल्ला भएको र विवाह गर्न प्रस्ताव गरेपछि उनले विवाह अस्विकार गरेका थिए । त्यसपछि सलले घाँटी थिचेर हत्या गरेको पाइएको छ । प्रहरीले आरोपी मल्लको घरबाट मृतकको मोबाईल समेत बरामद गरेको छ । प्रतिवादी मल्ललाई रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।