म्युजिक अवार्ड २०८० चार जनालाई

तुलसीपुर, २२ बैशाख ।
डिएनजी म्युजिक अवार्ड तथा सांस्कृतिक कार्यक्रम २०८० मा छनौटमा परेका ४ जना कलाकारलाई सम्मान गरिएको छ ।दंगाली रेकडिङ स्टुडियोको आयोजनामा अवार्ड वितरण गरिएको थियो ।

भोटिङ सिस्टमबाट छनौटमा लय र मोडेल बिधाबाट हरि पाण्डे, जेनिशा खडका, बेदु बुढाथोकी र तुलसा डाँगाीलाई सम्मान गरिएको हो । स्थानीय कलाकारहरूलाई प्रबर्द्धन गर्ने उदेश्यले दंगाली रेकर्डिङ स्टुडियोले बिगत लामो समयदेखि स्रष्टा तथा कलाकारलाई बर्सेनि सम्मान गर्दै आएको छ ।

सम्मान वितरण कार्यक्रम संस्थाका अध्यक्ष किरण लामिछानेको अध्यक्षता तथा संवाद समुहका वरिष्ठ सहजकर्ता सुशील बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुदै बस्नेतले स्थानीय कलाकारलाई स्थानीय सरकारले अझैपनी सम्पत्तिको रुपमा चिन्न नसकेको बताउनु भयो ।


यी स्रष्टा तथा कलाकारलाई उपयोग गर्न सके कला संस्कृति तथा पर्यटनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा गितकार प्रबल बिष्ट,युबा शक्ति फोटोग्राफर संघका अध्यक्ष रमेश परियार, स्वतन्त्र युबा क्लबका अध्यक्ष संन्दिप गौतम, प्राकृति कलाकार संघका अध्यक्ष चोभार पौडेल लगायतले स्थानीय कलाकारलाई तिनै तहको सरकारले प्रोत्साहन र अवसर दिनुपर्ने बताउनु भयो ।

स्थानीय कलाकारलाई अवसर दिने भन्ने व्यापक प्रचार गरिएको भए पनि मेला महोत्सवमा बाहिरबाट ल्याउने गरेको गुनासो उहाँहरुले गर्नुभयो । कार्यक्रमको संचालन रन्जित पौडेलले गर्नुभएको थियो ।