युद्धबाट खारिएका युवा नेता‘पुन’

टेकराज भण्डारी
शेर बहादुर पुन, युवा नेता हुन् । उनको जन्म २०३९ चैत १५ गते सल्यानको कपुरकोट गाउँपालिका वडा नं २ गोठिबनमा भएको हो । उनले कक्षा १ देखि ८ सम्म बिरेन्द्र माध्यामिक विद्यालय गर्पा सल्यानमा अध्ययन गरे । उनले एसएलसी शिवजन माध्यमिक विद्यालय श्रीनगरबाट पास गरे । त्यसपछि उनी पढाईलाई निरन्तरता दिन सकेनन् । उनी माओवादी जनयुद्धमा होमिनु प¥यो । उनको त्यो युवा उमेर भएकाले मुलुकको आमूल परिबर्तनकलागि भएको जनयुद्धमा प्रत्येक्ष सहभागि भए । युवाहरुले नै साथ दिए महान उद्देश्य बोकेको युद्ध सफल हुन्छ, भन्ने उनलाई लाग्यो ।

२०५६ सालदेखि उनले राजनीति सुरु गरेका हुन् । त्यतिबेला राजनीति गर्न अहिलेको जस्तो सहज थिएन । कठीन अबस्थामा पनि उनी राजनीतिमा होमिए । सोहीबीचबाट राजनीति सुरु गरेका पुन २०५९ मा वाइसिएलकाे एरिया अध्यक्ष भएर काम गरे । २०६२ देखि यातायात समितिको कर्मचाीका रुपमा काम गर्न सुरु गरे । झन्डै ८ बर्ष सल्यान रुकुम यातायात समितिमा काम गरे ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पुनको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदहारणीय मानिन्छ । उनी भन्छन्‘आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय ‘जनयुद्ध’लाई सम्बोधन नगरी पूर्ण नहुँने उनी बताउछन् । भन्छन्‘इतिहास बनेको ‘जनयुद्ध’ कसैले मेट्न सक्दैन ।’

उनी हाल पार्टी निकट युवा संगठन योँग कम्युनिष्ट लिग(वाईसिएल) सल्यान जिल्ला इन्चार्ज हुन् । त्यतिमो नभई वाइसिएलकै केन्द्रीय सदस्य र नेकपा माओवादी केन्द्र कपुरकोट गाउँपालिका उपाध्यक्ष समेत हुन् । उनी बक्सिङ संघ सल्यान जिल्ला अध्यक्ष समेत हुन् । यो बीचमा सामाजिक काममा पनि उतिकै सक्रिय छन् । भन्छन्“गाउँघरमा देखिएको सामाजिक असमानता, अन्तर्बिरोध, समाजका टाठा,बाठाको हाली,मुहाली, जातीय बिभेद र शोषण, गरीव निमुखामाथि गरिएको अत्याचारको पराकाष्ठ देखेर राजनीतिमा लागेको हुँ ।” उनले राजनीतिलाई समाजसेवाका रुपमा पनि बुझेका छन् ।


उनी २०७९ को स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रबाट कपुरकोट गाउँपालिका वडा नं २ को अध्यक्षमा चुनाव लडे तर, १० मतले मात्रै पराजित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का उम्मेदवार ईश्वर बुढाले ४७२ मत ल्याएका हुन भने उनले ४६२ मत ल्याएका हुन् । उनलाई नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको स्वकीय सचिवमा सिफारिस गरेपछि ९ महिना सचिवालयमा काम गरे ।

सबै मानिसले कुनै न कुनै लक्ष्य लिएर जन्मेका हुन्छन् । पुनको पनि जीवनमा एउटा लक्ष्य छ– राजनीतिमा सफल हुने । ‘हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर आफ्नो लक्ष्य पूरा गर्नु पर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउछन’,उनले भने‘तर हामीले कहिले हार मान्नु हुदैन । परिवर्तन गर्नु पर्छ भने मेरो लक्ष्य थियो ।’

उनको परिवारमा आमा बुबा र तीन भाई, वुहारी, नातिनी र एक दिदी छन् । उनी घरको माइलो छोरा हुन । उनका दुईवटा छोरा र एक छोरी छन् । उनले जीवनमा धेरै संघर्ष गरेर यो स्थानमा आएका छन् । ति संघर्ष परिवर्तनकै लागि थिए ।