न्यु स्टार ईङ्गलिश सेकेण्डरी स्कुलमा खेल सप्ताह सुरू

सागर रोका,
तुलसीपुर, ८ माघ ।
दाङको तुलसीपुर १८ स्थित बिजौरी मा रहेको न्यु स्टार ईङ्गलिश सेकेण्डरी स्कुल मा आज आइतबारदेखी खेल सप्ताह सुरु भएको छ । करिब बिहानको १२:०० बजेदेखि सुरुभएको खेल सप्ताह माघ ११ गतेसम्म संचालन रहने विद्यालयका प्रिन्सिपल शरण घर्तीले जानकारी दिनु भयो । त्यसैगरी खेल अनुसार सिनियर तर्फका खेलहरु सिनियर तर्फबाट कक्षा ६ देखि १० का विद्यार्थीहरुको फुटबल,कबड्डी,हाईजम्प, लमजम्प,क्रीकेट, लगाएत बिभिन्न खेलहरु रहने छन् ।

त्यसैगरी जुनियर तर्फ नर्सरीदेखि कक्षा १० सम्ममा कुर्सी दौड,चक्लेट दौड ,नृत्य,फुटबल,क्रीकेट,२०० मिटर दौड लगायतका अन्य खेलहरु भैरहेका छन् । प्रत्येक बर्ष यसरी नै खेल सप्ताह मनाउने गरिएको थियो । तर बिस्वभर फैलिएको कोरोनाको महामारी कारणले गर्दा करिब २ वर्ष पछि फेरि यो खेल संचालनमा ल्याएको विद्यालयका प्रिन्सिपल शरण घर्तीको भनाइ रहेको छ । त्यसैगरी कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई जम्मा जम्मी १२ वटा खेलहरु खेलाईने विद्यालयका कोडिनेटर ऋषि राज वलीले जानकारी दिनु भयो ।


खेल सप्ताह आज आइतबारदेखि सुरु भएको र खेल माघ ११ गते बुधबार समापन गरिने छ । पुरस्कार वितरण भने माघ १२ गते बिहिवारका दिन सरस्वती पुजाको अवसर पारेर वितरण गरिने खेल संयोजक सेबक मल्लले जानकारी दिनु भयो ।