विज्ञान संकायतर्फ ज्ञानज्योतिद्वारा पश्चिम दाङमा उत्कृष्ट नतिजाको दावी

दाङ, १९ साउन । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मावि तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका मावि मध्ये विज्ञान संकायमा ज्ञान ज्योति मा।वि।का सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएको दावी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा पराजुलीले ३ दशमलव ८८ जिपिए प्राप्त गरी विज्ञान संकायमा पश्चिम दाङमा उत्कृष्ट भएको विद्यालयका सहायक प्रधानाध्यापक मनोज कुमार के।सी।ले दावी गरे ।


त्यस्तै व्यवस्थापन संकायतर्फ सन्ध्या केसीले ३ दशमलव ८३ जिपिए , कानुन संकायतर्फ सविन बस्नेतले ३ दशमलव ६३ जिपिए प्राप्त गरी जिल्ला प्रथम र शिक्षा संकायतर्फ टेकमान कवरले ३ दशमलव ५३ जिपिए प्राप्त गरेको विद्यालयको भनाई छ ।