घोराही–तुलसीपुर यात्रा सहज हुन थाल्यो

तस्बिरः बसन्त पौडेल

दाङ, १९ साउन । दाङको घोराही–तुलसीपुरको अबरुद्ध सडक खुलेको छ ।

कालाखोलाको भेन्टेड कच्वेमाथिबाट आएको बाढीको सतह घटेको छ, भने अन्य खोलाहरुमा पनि पानीको सतह घटेकालो आवतजावत सहज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए।


शनिबार विहान ८ बजेदेखि कालाखोलाबाट पनि आवतजावत सहज भएको हो ।

त्यस्तै घोराही–तुलसीपुर सडकमा पनि सहज रुपमा सवारी आवतजावत गरिरहेको उनको भनाई छ ।