दीपक बोहरा
तुलसीपुर, १८ साउन ।
दाङमा अटोमा चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर तुलसीपुरबाट खाद्रे तर्फ जाँदै गर्दा कालाखोला अन्तर्गत बेतनीमा बगाउँदा दुईजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रे तर्फ जाँदै गर्दा अटोबाट बगाएको हो । अटोमा सवार ५ जना मध्ये तीनजना सकुसल छन् । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ। नियमितको बर्षाले गर्दा दाङका नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ ।
लाइभदाङ । १८ श्रावण २०८१, शुक्रबार २१:१५ बजे