दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

तुलसीपुर, १६ साउन । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बुधबार साढे १२ बजेतिर शान्तिनगर ४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसिपुर २ झारगाउँ निवासी ६७ बर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो ।

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो । .तेजबहादुर भाई ६४ बर्षीय भाई चेतबहादुरसंग गएका फर्किने क्रममा खोलाले दुबै दाजुभाईलाई बगाएको थियो ।


तर, भाई चेतबहादुर पौडी खेलेर निस्केका थिए, भने दाई तेजबहादुरलाई १ किलोमिटर तलबाट मृत अबस्थामा उद्दार गरिएको प्रहरीले बताएको छ ।