एक बर्षमा साढेसत्र सय जनालाई उज्यालो प्रदान

तुलसीपुर, ११ साउन । ‘उज्यालो साझेदारी’ अभियान कार्यक्रम अन्तर्गत एक बर्षमा सत्र सय बढीलाई उज्यालो प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकार संग आर्थिक बर्ष २०८०/८१ मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ७ सय ६४ जनाको मोतिविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।
उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौर दाङले यस क्षेत्रका विभिन्न पालिकासंग आर्थिक बर्ष २०८०/८१ मा तुलसीपुर उपमहानगरपालिका संगको साझेदारीमा ५ सय ४५ जना, घारोही उपमहानगरपालिकामा ३ सय १३, बबई गाउँपालिकामा ८१ जना, शान्तिनगर गाउँपालिकामा ६३ जना , दंगिशरण गाउँपालिकामा १ सय २२ जना गरि साझेदारीमा १ हजार १ सय २४ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशासक तथा बाहय कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।
त्यस्तै देउखुरी स्थीत लमही आँखा अस्पताल लमही दाङले आर्थिक बर्ष २०८०/८१ मा साझेदारीमा लमहीमा १९१ जना गढवा गाउँपालिकामा ८२ राजपुरगाउँ पालिकामा ९९ जना र राजपुर ३ मा १० जना को साझेदारीमा निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरेको नेत्र सहायक अमृत नेपालले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगर्त सञ्चालित, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिलबस्तुका विभिन्न पालिकामा आर्थिक बर्ष २०८०/८१ मा साझेदारीमा ४४९ जनाको निःशुल्क शल्यक्रिया गरेको छ । जस अन्तर्गत शिवराज नगरपालिकामा ११० जना , बुद्धभुमि नगरपालिकामा १०० जना , कृष्णनगर नगरपालिकामा १३२ जना, वाणगंगा नगरपालिकामा ६० जना र बुद्धभुमि नगरपालिकामा फेको प्रविधिबाट ५० प्रतिसतमा ४७ जनाको शल्यक्रिया गरि कपिलबस्तु जिल्लामा ४४९ जनाको साझेदारीमा निशुल्क शल्यक्रिया गरिएको बाहेय कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिए ।
यस अभियानले दृष्टिबिहिनताको न्यूनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमानै दृष्टि विहिन भएर बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । ‘हामीले हुनेसंग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने हो,त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडी बढऔं भन्ने हाम्रो उद्धेश्य हो, अन्धोपन घटाउन सामुहिक प्रयास आवश्यक छ, त्यसमा तुलसीपुर उपमहानगरपालिकासंगको साझेदारीमा हामीहरुले उज्यालो अभियान पहिलो पटक थालेर जिल्ला भरि लिएका थियौ यो सवैका लागि अनुकरणीय छ, –नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य समेत रहेका गिरीेले भने ।’
त्यस्तै दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पालिकामा रहेको अन्धोपन न्युनीकरण गर्न आफुहरु लागेको बताए । ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रमहो पालिकाको अन्धोपन न्यूनीकरणका लागि साझेदारी कार्यक्रम गरि यो बर्ष पनि हामीले करिव दंगिशरण गाउँपालिकामा १ सय २२ जना उज्यालो प्रदान गरेका छौं — अध्यक्ष गिरीले भने ।’ उनले यस आर्थिक बर्षमा पनि यसलाई निरन्तर्ता दिने भन्दै यसलाई अव बीमा कार्यक्रम संग जोडर्ने बताए ।
त्यस्तै गढवा गाउँपालिका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई आगमी बर्षमा पनि निरन्तर्ता दिने भन्दै नीति कार्यक्रमका साथै बजेट समेत उल्लेख गरेका छन् । मोतियाविन्दु भई आर्थिक अभावका कारण कोहि पनि पालिकाका नागरिकहरु अन्धोपन हुनु नपरोस भने उद्धेश्यका साथै नेपाल सरकारको स्वास्थ्य नितिलाई समेत सहयोग पुर्याउने उद्धेश्यले पालिकाहरुसंग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि उज्यालो अभियान विगतका बर्ष देखिनै सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए ।
उनले जस अन्तरर्गत यस बर्ष पनि सो कार्यक्रमलाई निरन्तर्ता दिई १ हजार ७ सय ६४ जनाको उज्यालो पर्दान गरेको बताए । प्रमुख प्रशासक सम्शेर थापाले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मुल नारालाई साकार पार्न स्थानीय पालिकासंगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहिनता अर्थात अन्धोपनको समस्यालाई न्यूनिकरण गर्न साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । उनले नेपाल सरकारको स्वास्थ्य नीतिलाई सहयोग गर्न आफुहरु लागेको भन्दै स्थानीय सरकारको सहयोग विना दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । त्यस्तै यस कार्यक्रमले आफुहरु जस्तो आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई धेरै सहज भएको तुलसीपुर–१५ कि आइति थरुनीले बताइन् । गत बर्ष भने ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।