रोशनी– शरद मृत्यु प्रकरण : पाँच जना पूर्पक्षका लागि थुनाामा

तुलसीपुर
१९ मंसिर / तुलसीपुर १३ दमारगाउँको शरद–रोशनी मृत्यु प्रकरणमा पाँच जनालाई पूर्पक्षकालागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । दाङ देउखुरी जिल्ला अदालतले तुलसीपुर– १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्य मृत्यु प्रकरणमा पाँच जनालाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल,२८ वर्षीय नुमानन्द कार्की , ३१ वर्षीय खिमबहादुर बुढा,४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्की संलग्न र स्थानीय हरिबहादुर आचार्यलाई पूर्पक्षकालागि थुनामा पठाउन आदेश दिएको हो । बँदेल मार्न थापेको बिद्युतिय धरापमा परि मृत्यु भएको भन्दै प्रहरीले चारजनालाई सार्वजनिक गरेको थियो । आचार्यलाई भने त्यो धराप थाप्न सिकाएको भन्दै पूर्पक्षकालागि थुनामा राख्न अनुमति दिएको हो ।


जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माका अनुसार न्याधिस ताराकुमारी शर्माको इजलासले पाँचै जनालाई पूर्पपक्षका लागि थुनामा पठाएको हो । जाहेरीवालाको तर्फबाट बरिष्ठ अधिबक्ता रेवतीरमण भट्टराई, अधिबक्ता सञ्तोष पोखरेल र सरकारी वकिल जिल्ला न्यायाधिबक्ता देबराज भारतीले बहस गरेका थिए भने प्रतिबादीको तर्फबाट बरिष्ठ अधिबक्ता द्धय डिल्लीराज धिताल र दीपककुमार रेग्मी तथा अधिबक्ताहरु प्रदीप गौतम र मधुसुदन गौतमले बहस गरेका थिए ।

असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर रोशनी र शदरको एकै साथ ज्यान गएको थियो । रातिमा भेट्न निस्केका बेला विद्युतको धरापमा परेको प्रहरीले बताएको छ । उनीहरु एकै बिद्यालयमा अध्यनरत थिए ।
उनीहरुको शव असोज ३० गते एकै ठाउँमा गाडिएको अबस्थामा भेटिएको थियो ।