लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री, दाङकी सीता चौधरी मन्त्री बन्दै

तुलसीपुर, ८ साउन । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।


सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमालेबाट भोलि भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।

मन्त्रालय भने अझै टुंगिएको छैन ।