टेकराज भण्डारी
तुलसीपुर, ८ साउन । सल्यान बागचौर नगरपालिका वडा नं.२ का वडाध्यक्ष दिपेश डीसीले दाङको तुलसीपुरमा रातिमा मोटरसाईकल चलाएपछि चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा सरकारी सम्पति दुरुपयोग गरेको भन्दै ब्यापक विरोध जनाईएको छ ।
नगरपालिकाका प्रबक्ता समेत रहेका डीसीले शनिबार तुलसीपुरमा राति ८ बजे बजारमा चलाईरहेको देखेपछि त्यसको विरोध भएको हो । जनताले तिरेको करको सदुपयोग हुनुपर्नेमा जनप्रतिनिधिले नै दुरुपयोग गर्नु गलत रहेको भन्दै जनार्दन डीसीले सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।
उनले लेखेका छन्‘सार्वजनिक सम्पति सरकारी पद धारण गरेको ब्यक्तीलाई सरकार र जनताबीचको दुरीलाई मध्येनजर गरेर दिईएको हुन्छ, चेतना होस् ।’
वडाध्यक्ष डीसीले भने आफू विदा मागेर नेपालगञ्ज सेमिनारबाट फर्किदै गरेको प्रतिक्रिया दिएका छन् । आफैले सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका हुन् । यद्यपी सरकारी सवारी साधनलाई आफ्नो निजि काममा प्रयोग गर्न नहुँने भन्दै विरोध जनाएका छन् ।
लाइभदाङ । ८ श्रावण २०८१, मंगलवार ०९:५७ बजे