दाङमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

दाङ, ७ साउन । दाङमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

आईतबार बेलुका पौने ८ बजेतिर बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लमही नगरपालिका १ नर्ती निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरीको मृत्यु भएको हो ।


वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका  २ महदेवा निवासी २९ वर्षिय अपिल शर्मा पनि घाइते हुनु भएको छ । शर्माको चिउडो र बायाँ हातमा चोट लागेकोले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।