माताको भेसमा छिल्लीकोटबाट मूर्ती चोरी गर्ने पक्राउ

कपिल लामिछाने
दाङ, ९ वैशाख ।
दाङको पर्यटकीय स्थल तुलसीपुर १९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ती र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ । माताको भेसमा गएर मुर्ती चोरी गर्ने तीन महिलालाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष प्रविर पुनले बताए ।
उनका अनुसार आईतबार दिउसो ३ बजेतिर मन्दिरबाट ५ थान घण्टी र ३ थान मुर्ती चोरी भएको थियो । ति मूर्ती चोरी गरेको आरोपमा तुलसीपुर १७ बनकट्टी निवासी तिला वली,सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो । उनीहरु तीनै जनाले आफूहरु माता रहेको र, भगवानले घण्टी मागर गरेको भन्दै मूर्ती र घण्टी ल्याएको बताएका छन् ।


अध्यक्ष पुनका अनुसार उनीहरु विरुद्ध जाहेरी दिन लागिएको बताउनुभएको छ । उनीहरुलाई सार्वजनिक सम्पति चोरी विरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए ।