सल्यानमा घरको छानो मर्मत गर्ने क्रममा खसेर एकजनाको मृत्यु

सल्यान, ४ साउन ।
सल्यानमा घरको छानो मर्मत गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका–१० भाटभिटेका ५२ बर्षिय तुलसीराम बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार सोही वडाको मोख्ला निवासी खुमराज गिरीको पुरानो घरको छानो मर्मत गर्ने क्रममा उहाँ छानोबाट खस्नुभएको थियो ।


छानोबाट खसेर गम्भिर घाइते भएका बुढाथोकीलाई कर्णाली अस्पताल श्रीनगरमा सामान्य उपचारपछी थप उपचारको लागि बाकेको मेडिकल कलेज कोहलपुर रिफर गरिएकोमा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । शवको हिजो बिहीबार जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पश्चात आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।