तुलसीपुर उपमहानगर अगाडीका सटर हटाउन थालियो

तुलसीपुर, १ साउन । तुलसीपुर उपमहानगरले कार्यालय परिसरका सटरहरु हटाउन थालेको छ ।

उपमहानगरले असार मसान्त भित्र कोठा खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार कोठाहरु खाली गरेर सटर भत्काउन सुरु गरेको हो ।


सोही स्थानमा पार्किङ ब्यबस्थापनकालागि सटरहरु भत्काउन सुरु गरेको हो । तुलसीपुर ५ घ कित्ता नं.८१२ को जबि ०–१०–० जग्गामा टहरा बनेका थिए ।