शान्तिनगर गाउँपालिकामा चोरी

निरास पाण्डे,
दाङ,१४ फागुन ।
दाङ शान्तिनगर गाउँपालिकामा चोरी भएको छ । शनिबार राति चिराघाट स्थित गाउँपालिकाको शिक्षा युबा तथा खेलकुद शाखामा चोरी भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काका अनुसार कम्युटर, सिपियु र प्रिन्टर मेसिनलगायतका सामग्री चोरी भएको हो ।


शाखाको ताला फोडेर चोरी गरेको पाईएको छ । चोरी गर्ने ब्यक्तीको खोजी भइरहेको छ । तर, पहिचान भएको छैन । सीसीटीभी फुटेज हेरेर अनुसन्धान अगाडी बढाउने तयारी गरिएको प्रहरी चौकी चिराघाटका प्रहरी सहायक निरीक्षक खड्कबहादुर डाँगीले बताए ।

उनका अनुसार गएको बर्ष पनि गाउँपालिकामा चोरी भएको थियो । प्रहरी चौकी देखि गाउँपालिका कार्यालय दुईसय मटिर नजिक छ ।