संस्कृत विश्वविद्यालयमा तीन वटा ताला

तुलसीपुर, १ साउन । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा तीन वटा ताला लागेका छन् । आंशिक प्राध्यापक संघर्ष समिति, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बिभिन्न माग राख्दै आ–आफ्ना ताला लगाएका छन् ।

समिितले दुई बर्षदेखि पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गरेको हो । त्यस्तै आंशिक शिक्षकहरुलाई पटक–पटक दुःख दिने कार्य भएको अध्यक्ष नबराज ढुंगानाले बताए ।

आंक्षिक नियुक्ती गर्दा ३ महिना अबधीमा मात्रै राख्नु पर्ने प्राबधान रहेपनि आफूहरु बर्षौसम्म पनि आंशिककै रुपमा रहेको भन्दै यसलाई सच्चाउन पनि भनेको समिति सचिब शेरबहादुर भाटले बताए।


त्यस्तै विद्यार्थीहरुले विएएमएसकोलागि शिक्षक अस्पताल सञ्चालन हुनुपर्ने, नियमित पठन–पाठन हुनुपर्नेलगायतका माग राख्दै विरोधमा उत्रिएका छन् ।

तर, विश्वविद्यालयमा लामोसमयदेखि आन्तरिक किचलो छ । विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछाने र कुलसचिब माधव अधिकारीबीचको विवादले गर्दा समस्या निम्तिएको छ । २७ असारमा कुलसचिब अधिकारीकलाई उपकुलपति यादवले निलम्बनमा गरेका छन् ।