ट्राफिक सप्ताह अन्तर्गत तुलसीपुरमा जेब्रा क्रसिङ, निर्माण कार्यक्रम

Exif_JPEG_420

टेकराज भण्डारी तुलसीपुर, २० असाेज
ट्राफिक सप्ताह अन्तर्गत शनिबार तुलसीपुरमा जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरकाे आयोजना तथा तुलसीपुरनगर जेसीजकाे सहकार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विरेन्द्र चाेकमा जेब्रा क्रसिङ निर्माण भएको हो ।
तुलसीपुरनगर जेसीजका अध्यक्ष सालिक राम वलीकाे अध्यक्षता तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख महेन्द्र बहादुर चन्दकाे प्रमुख अथितिमा भएको कार्यक्रमकाे बोल्ने वक्ताहरुले ट्राफिक नियमको उलंघन गर्नाले दिन प्रतिदिन दुर्घटना बढ्दै गएको बताएका थिए। चाडवाड नजिकिएसँगै दुर्घटना बढ्न नदिन ट्राफिक सप्ताह आयोजना गरिएको हो आयोजकको भनाई छ। तीव्र गति, ओभरलोड, मापसे, सवारी लाइसेंस नहुनु, दृष्टिमा समस्या लगायतका कारणले दुर्घटनाको जोखिम भएरहेको छ । कार्यक्रमको सहजीकरण तुलसीपुरनगर जेसीजका महासचिव सन्दिप भुसालले गरेका थिए ।