तुलसीपुर १२ का विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री

तुलसीपुर, २९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ का अतिविपन्न विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।

शनिबार कार्यक्रम गरि वडाका ३१ अतिविपन्न विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो । वडाध्यक्ष खुसीराम चौधरी, वडा सदस्यहरु धनराज गौतम, कमला घर्ती, विमला परियार, शेषमणी भण्डारीसहितले शैक्षिक सामग्री वितरण गरेका हुन् ।

आर्थिक अभाबकै कारण कुनै पनि विद्यार्थी पठन–पाठनबाट बञ्चित नहोस्, भनेर आर्थिक सहयोग गरिएको वडाध्यक्ष चौधरीले बताए । उनले आफूहरुले वडाबाट सानो सहयोग गरेको बताए ।


आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने बताएका थिए । स–सानो सहयोगले पनि शिक्षा क्षेत्रमा ठूलो प्रभाब पार्न सक्ने उनको भनाई थियो । अहिले पनि धेरै विद्यार्थीहरुको आर्थिक अबस्था कमजोर रहेको भन्दै उनीहरुलाई सहयोग गरिएको उनको भनाई छ ।

कार्यक्रमको सहजीकरण सचिब गणेश कुमार आचार्यले गरेका थिए ।