राष्ट्रपतिले छलफलका लागि बोलाए कानुनविद्

काठमाडौं,२८ असार  । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् ।

भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि डाकेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ ५ः४५ बजेका लागि कानुनविद्हरुलाई बोलाइएको छ ।

परामर्शका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

 


नेपाली कांग्रेस र नेकपा एमाले विच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ । कतिपय कानुनविद्हरुले ७६ (२) को सरकारले विश्वासको मत पाउन नसके ठूलो दलका आधारमा ७६ (३) अनुुसार सरकार गठन हुने बताउँदै आएका छन् ।