प्रतिष्ठानमा टोकन प्रणाली सुरु

तुलसीपुर,१७ फागुन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टोकल प्रणाली सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा.विकास लामीछानेले विहीबार उक्त प्रणालीको उद्घाटन गर्नुभएको हो । सेवालाई छिटोछरीतो र भरपर्दो र ब्यवस्थित बनाउने उद्देश्यले टोकन प्रणाली सुरु भएको हो ।

त्यस अवसरमा उपकुलपति डा.लामिछानेले सेवालाई ब्यवस्थित र छिटो छरितो बनाउन टोकन प्रणालीले सहयोग पुग्ने बताउनुभयो ।“अवदेखी विरामीको पालो मिचिने गुनासो पनि अन्त्य हुनेछ”,उहाँले भन्नुभयो “अस्पतालमा उपचारकालागि आउने विरामीहरुले अवदेखी आफूले लिन चाहने सेवा ओपीडी, स्वास्थ्य वीमा र विलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ ।”


प्रतिष्ठान स्थापना भएपछि पहिलोपटक टोकन प्रणलि लागु गरिएको अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयो । भट्टराइले अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवस पालो कटेमा नयाँ टोकन लिएर पालो कुर्नुपर्ने जानकारी दिनुभयो ।

टोकन प्रणाली जडित मेसिन घोराही स्थित सिद्धार्थ बैकले सौजन्य गरेको छ भने लक्ष्मी बैँक घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल वोर्ड र एनाउन्सका सामग्री सहयोग गरेको छ ।