लुम्बिनी प्रदेशका कृषि मन्त्रीद्वारा राजीनामा

दाङ, २६ असार ।  लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाउनुभएको हो ।


जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताउनुभयो ।