तुलसीपुर
१० मंसिर / नेपाली काँग्रेस दाङको नेतृत्वकालागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार जिल्ला सभापतिकालागि शेरबहादुर देउवा पक्षबाट तीन जना र रामचन्द्र पौडेल पक्षबाट एक जनाले उम्मेदवारी दिएका हुन् ।
१४औं महाधिबेशन अन्तरगत नेतृत्वकालागि संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र भुपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । त्यस्तै पौडेल पक्षबाट शंकर डाँगीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेविसंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका बस्नेत पार्टीको १३औं महाधिबेशनका क्रममा अनुराग यादवसंग पराजित भएका थिए । त्यतिबेला बराबर मत आएपछि गोलाप्रथाद्वारा यादव विजयी भएका थिए ।
त्यस्तै सभापतिका अर्का आकांक्षीय घिमिरे पार्टीका पूर्व जिल्ला सचिब हुन् । १३ औं महाधिबेशनमा र्कीर्तिबहादुर खड्कासंग उनी पराजित भएका थिए ।
त्यस्तै भुपबहादुर डाँगी निवर्तमान क्षेत्रीय सभापति हुन । उनी दुई कार्यकाल क्षेत्रीय सभाति भइसकेका छन् । त्यस्तै शंकर डाँगी हालका जिल्ला सचिब हुन् ।
लाइभदाङ । १० मंसिर २०७८, शुक्रबार १९:१९ बजे