दाङ–सल्यान सडक अवरुद्ध

दाङ, २२ असार ।
नियमितको बर्षादले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड अबरुद्ध भएको छ । बिभिन्न ठाउँमा सडकमा क्षति भएपछि सवारी आवतजावतमा समेत समस्या भएको छ ।

सल्यानको कपुरकोट नजिकै लेदोसहितको पहिरो झर्दा अबरुद्ध भएको छ । त्यस्तै कपुरकोट–५ को अरिगांले फेदि नजिकै पनि पहिरो गएको छ ।


जसले गर्दा सबै सवारी साधनहरुलाई आवतजावतमा समस्या हुने गरेको छ । पहिरो खस्ने क्रम जारी छ ।