तुलसीपुरमा विद्यार्थीले बनाए जापानीज खाना ‘सुशी’

तुलसीपुर, २१ असार । दाङ तुलसीपुर स्थित कुमाख कलेजका विद्यार्थीहरुले जापानीज खाना‘सुशी’ बनाएका छन् । जापनिज खाना ‘सुशी’को कक्षा लिइरहेका विद्यार्थीहरुले उरामाकी स्पाईसी सालमोन रोल, ⁠टिक्का माकी रोल, ⁠टुना निगीरी, ⁠सालमोन निगीरी,म्याङ्गो माकी रोल बनाएका हुन् ।

उनीहरुले नेपालमा पनि जापानीज खाना‘सुशी’ प्रचलन बढेको भन्दै त्यसको माग भएमा यही पनि उपलब्ध गराउने सकिने बताएका छन् । त्यस्तै बैदेशिक रोजगारीकै जान चहानेहरुले पनि यो खाना बनाउन सिकेमा राम्रो आम्दानी गर्न सक्ने यस्तो सिक्न थालेका हुन् ।


तुलसीपुर स्थित कुमाख फुड क्याफेमा पनि अर्डर अनुसार तयार गरिने सञ्चालक तुफान रेग्मीले बताए । यो खाना विश्वमै प्रचलित खाना रहेको बताएका छन् । यो खाना निकै स्वास्थ्यबद्र्धक रहेको समेत उनको भनाई छ ।

काठमाडौंमा यो खाना पाइने भएपनि मोफसलमा अझै प्रचलनमा नरहेको भएपनि विस्तारै मोफसलमा पनि माग हुन सक्ने उनको भनाई छ । जापानी खाद्य परिकार यस परिकारमा भिनेगर मिश्रित चामल सुसी–मेसी सँग अन्य खाद्य सामग्रीहरू निता जस्तै समुद्री खाना, मासु, शब्जी, फलफूल मिसाइएका हुन्छन् ।