एम्नेष्टी इन्टरनेश्नल दाङको अध्यक्षमा सापकोटा

तुलसीपुर, २१ असार । एम्नेष्टी इन्टरनेश्नल नेपाल समूह ६६ दाङको अध्यक्षमा बामदेव सापकोटालाई चयन गरिएको छ । शुक्रबार तुलसीपुरमा भएको २७ औं अधिवेशनले सापकोटाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसको उपसंयोजकमा सुनिल पोख्रेल,सचिबमा कमल भण्डारी, सहसचिबमा रेशम खड्का र कोषाध्यक्षलाई शसिकला जीसीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा मालिका पाण्डे र शसिधर पोख्रेललाई चयन गरिएको छ । दुई सदस्य पछि थप्ने गरि हाललाई ७ सदस्य मात्रै कार्य समिति निर्माण गरिएको हो ।

साथै सल्लाहकारमा पूर्व केन्द्रिय सदस्य न्यौपाने, निवर्तमान अध्यक्ष पूर्ण विक्रम डाँगी र पूर्वध्यक्ष मोहन सुनारलाई चयन गरिएको छ । तत्कालिन अध्यक्ष पूर्ण विक्रम डाँगीको अध्यक्षता तथा केन्द्रीय सदस्य देवेन्द्र सेजुलावको बिशिष्ट आतिथ्य एवं पूर्व केन्द्रिय सदस्य प्रमोद न्यौपानेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा गोरखा तुलसीपुरका ब्यबस्थापन समिति उपाध्यक्ष डोरबहादुर जीसी, प्रिन्सिपल विजयमान जीएमलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबसरमा बक्ताहरुले एम्नेस्टिले मानव अधिकारका क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । साथै जहाँ अन्याय पर्छ, त्यहाँ एम्नेष्टीले भूमिका निर्वाह गर्ने बक्ताहरुको भनाई छ । उपसंयोजक सुनिल पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण तत्कालिन सचिब बामदेव सापकोटाले गरेका थिए ।