कोइलाबासमा १०१ मिलिमिटर भन्दा बढि बर्ष, खतराको अबस्था

तुलसीपुर, २१ असार । दाङको कोइलाबासमा १०१.८ मिलिमिटर बर्षा भएको छ ।

जसलाई खतराको अबस्था मानिन्छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार १०१ मिलिमिटर भन्दा बढि बर्षा भएमा खतराको अबस्था मानिन्छ । विहीबार रातिदेखि शुक्रबार दिउसोसम्म दाङमा सबै भन्दा बढि कोइलाबासमा बर्षा भएका हो ।


त्यस्तै घोराहीमा २२.४ मिलिमिटर, गंगदीमा ५५ मिलिमिटर, लालमटियामा ६४.८ मिलिमिटर, अम्बापुरमा २१.४ मिलिमिटर बर्षा भएको छ । त्यस्तै शुक्रबारमा ३०.६ मिलिमिटर, रातामाटा बंगलाचुलीमा ०.२ मिलिमिटर, लमहीमा २६.६ मिलिमिटर र बगासोतीमा ६८.८ मिलिमिटर बर्षा भएको छ ।

धेरै बर्षा भएपछि नदी तथा खोलाहरुमा बाढी आउदा नदी तटिए क्षेत्रमा जोखिम हुने गर्छ ।