तुलसीपुरमा मुक्त कम्लरी शसक्तीकरण परियोजना

तुलसीपुर, २१ असार ।
दाङको तुलसीपुरमा मुक्त कम्लरी शसक्तिकरण परियोजना सञ्चालन हुने भएको छ । आगामी आर्थिक बर्ष २०८१/०८२ देखि तुलसीपुरका तीन वटा वडामा उक्त परियोजना सञ्चालन हुन लागेको हो । तुलसीपुरको वडा नं.१५, १६ र १८ मा उक्त परियोजना चल्ने केन्द्रका अध्यक्ष हिरामती चौधरीले जानकारी दिईन । त्यस्तै लमहीमा पनि उक्त कार्यक्रम चल्ने छ । लमहीको वडा नं.३,४ र ८ मा कार्यक्रम चल्नेछ ।


यस अघि घोराही उपमहानगरपालिकाको २,४, ८ र १२ नम्बर वडामा कार्यक्रम सञ्चालन गरिएको थियो । मुक्त कम्लरीसहित पिछडिएको समुदायकालागि आर्थिक तथा सामाजिक विकासकालागि ति वडाहरुमा काम गर्ने छ । मुक्त कम्लरीहरुको आयआर्जन सुधारकालागि बिभिन्न आय मुलक तालिम, नीति निर्माण तहमा सहयोग, सामग्री सहयोगलगायतका कार्यक्रम हुने संस्थाका कार्यक्रम संयोजक सुलोचना चौधरीले जानकारी दिईन । यो कार्यक्रम सन २०२८ सम्म चल्ने छ । आईएम नेपालको सहयोगमा उक्त कार्यक्रम चल्न लागेको हो । विहीबार तुलसीपुरमा कार्यक्रम गरि उक्त परियोजनाका बारेमा जानकारी गराईएको हो । मुक्त कम्लरी शसक्तिकरण परियानाको नाममा सञ्चालन हुन लागेको हो ।
त्यस अवसरमा कम्लरी मुक्त पछिको जीवनलाई सहज बनाउन स्थानीय सरकारले भूमिका खेल्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । कम्लरीहरुलाई आयआर्जनमा जोडेर अगाडी बढ्दा समस्या समाधान हुने उनको भनाई छ । त्यस अवसरमा उपमहानगरपालिकाका शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
दाङमा तीन हजार ६ सयय ५८ मुक्त कम्लरी छन् । उनीहरुको हकहितकालागि मुक्त कम्लरी विकास केन्द्रले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।