यी हुन्, संघबाट दाङ–३ मा परेका योजनाहरु

तुलसीपुर, २० असार । पश्चिम दाङ क्षेत्र नं. ३ मा संघबाट अरवौंका योजना आएका छन् ।

यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ प्रतिनिधिसभा सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य धनबहादुर मास्की‘राजेश’लगायत स्थानीय तहका जनप्रतिधिको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले ति बजेट बिनियोजन गरेका हुन् ।

तुलसीपुरमा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने, चिस्यान केन्द्र निर्माण गर्ने, पुस्तकालय निर्माण गर्नेलगायतका योजना छन् । त्यस्तै सडक, खानेपानी, शिक्षा,स्वास्थ्यलगायतका पूर्वाधार तथा अन्य विकासकालागि बजेट परेको राष्ट्रियसभा सदस्य अपारले बताए । उनका अनुसार पश्चिम दाङमा आएको बजेटलाई सबै मिलेर कार्यान्वयन गरेमा त्यसको उपलब्धी प्रभाबकारी हुने बताए ।


पश्चिम दाङको विकासमा सामूहिक पहल आबश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु एक भएर लाग्नु पर्ने समेत उनको भनाई छ । उपेक्षामा परेको पश्चिम दाङलाई सबै राजनीतिक दलहरु एक भएर विकास गर्नुपर्ने उनको भनाई छ ।
यी हुन्,योजनाहरु :