तुलसीपुरका केसी सुनचाँदी महासंघको केन्द्रिय सदस्यमा मनोनित

काठमाडौँ,१७ असार ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी मदन केसी मनोनित हुनु भएको छ ।

महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले केसीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । केसी तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तथा सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश निवर्तमान सदस्य हुनुहुन्छ ।


विगत लामो समय देखी तुलसीपुरमा सुनचाँदी व्यवसाय संचालन गर्दै आउनु भएका केसी विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल हुदै आउनु भएको छ । केसी संगै दाङबाट केन्द्रिय कोषाध्यक्षमा सुदिप श्रेष्ठ र केन्द्रिय सदस्यमा लोक बहादुर स्वर्णकारको प्रतिनिधित्व हुनु भएको छ ।