टिप्परमा मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते

दाङ, १५ असार । तुलसीपुरमा टिप्परमा मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते भएका छन् ।

घोराही–१० बासबजेरीका २० वर्षीय आशिष खड्का गम्भीर घाइते भएको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।


तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ ख १५३० नम्बरको टिप्पर तुलसीपुर–१८ दुधरास पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोही दिशातर्फ जादै गरेको रा ८ प २९५८ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किन जादा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । फरार रहेका टिप्पर चालक घोराही– ३ का २४ बर्षका कुमार सिंह घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।