हिमालमा बक्तृत्वकला

तुलसीपुर,१४ असार । हिमाल एकाडेमी तुल्सिपुर दाङले आज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ। सिनियर र जुनियर गरि दुई तहमा भएको बक्तृत्व कलामा जुनियर तर्फ दिपसन कार्की प्रथम,भुमिका सिंह दोर्सो तथा मुना डाँङी तृतिय भएका छन् ।

त्यस्तै सिनियर तर्फ दीपशिखा कार्की प्रथम,कृतिका थापा दोर्सो र अन्जु रेउले तृतिय भएकी छन्। बिद्यालयका इसिए कल्ब अध्यक्ष एलन ओलि को शभापतित्व तथा बिधालयका सहायक प्रधानाध्यापक राधा पोख्रेलको प्रमुख आथित्यमा सम्मन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले बिद्यार्थीको चौतर्फी बिकासमा अतिरिक्त क्रियाकलापको अहम भुमिका हुने बताए ।


कार्यक्रम सम्योजक निशा थापा, शिक्षक रेनु रावतले पनि आ आफ्नो बिचार राखेका थिए । कार्यक्रमको सहजीकरन छात्रा सौम्या पराजुलीले गरेकी थिइन ।