बबई गाउँपालिकाका सबै वडाहरुमा लैङ्गिक हिंसा बिरुद्धको जनचेतनामुलक नाटक प्रदर्शन

हापुरे, २३ मंसिर ।
दाङको बबई गाउँपालिकाका सबै वडाहरुमा ३२ औं लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ। गत मंसिर ९ गते बबई गाउँपालिकाको शभाहलमा उद्घाटन गरेर वडा केन्द्रित कार्यक्रम गर्ने बताएको बबई गाउँपालिका महिला बालबालिका शाखाले वडास्तरमा नाटक संगै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

गत मंसिर १२ गते वडा नम्बर ७ को चरकमटियाबाट वडा स्तरको कार्यक्रम सुरु गरिएकोमा शनिवार वडा नम्बर ४ को चाईकेरे चोकमा कार्यक्रम गरी वडा स्तरका सबै कार्यक्रम सम्पन्न गरेको बबई गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले बताउनुभएको छ। शाखा प्रमुख रावतले आईतवार बिहान ११ बजे गाउँपालिकाको शभाहलमा समापन कार्यक्रम राखिएको समेत बताउनुभएको छ।


बबई गाउँपालिकाका आर्थिक सहयोगमा संगिना संरक्षण मञ्च नेपालका महासचिव रामप्रसाद सुवेदीले लेखन तथा सम्पादन गरेको नाटकमा संगिना संरक्षण मञ्च नेपालका काकारहरु सन्तराम सुनार, राजकुमारी बुढा, लिला बुढाथोकी र जुनु खड्काले अभिनय गरेका छन् भने नाटकको निर्देशन अर्जुन परियारले गर्नुभएको छ।