एनएमबि बैंक तुलसीपुरले गर्‍यो उत्कृष्ट उद्यमीलाई सम्मान

निरला अर्याल
तुलसीपुर, १४ असार ।
एनएमबी बैंक तुलसीपुर शाखाले उद्यमीलाई सम्मान गरेको छ । बैकले विश्व साना तथा मझौला उद्यमी दिवसको अवसर पारी बिहिबार उद्यमीलाई सम्मान गरेको हो ।

बैंकबाट उत्कृष्ट कारोबार गर्ने करिब ३० जना ग्राहकलाई सम्मान गरेको एनएमबी बैंक तुलसीपुरका शाखा प्रबन्धक रमेश रेग्मीले जानकारी दिनुभयो। बैंकबाट कर्जा लिएका उद्यमीहरुको योगदानको कदर गरी सम्मान तथा प्रसंश पत्र प्रदान गरेको हो।


सम्मान कार्यक्रमले साना तथा मझौला व्यवसायीलाई व्यवसाय गर्न या अन्य कार्य गर्न सहजताका लागि थप हौसला प्रदान गर्छ । ‘हामी निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौ’ शाखा प्रबन्धक रेग्मीले भन्नुभयो।


साना तथा मझौला उद्यमीहरु देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत रहेका छन । सरकारले उद्यमीका समस्याहरू समाधान गर्न नसकेपनि बैंकले व्यवसायीलाई गरेको सम्मानले व्यवसायलाई वृद्धि गर्न उत्प्रेरणा मिलेको व्यवसायी अभी खरेलले बताउनुभयो ।

उहाँले पछिल्लो समय वित्तीय प्रणालीमा नकारात्मक दृष्टिकोण बढ्दै गइरहेको समयमा एनएमबी बैंकले कर्जा लिएकाहरुलाई सम्मान गर्दा फरक अनुभूति भएको बताउनुभयो । संयुक्त राष्ट्र संघले २०१७ देखी प्रत्येक बर्ष जुन २७ तारीखलाइ अन्तर्राष्ट्रिय एमएसएमई दिवस अर्थात् विश्व साना तथा मझौला उद्यमी दिवस मनाउदै आएकोछ।