एसइइमा दाङ दुई जना विद्यार्थीले ल्याए ४ जीपीए

तुलसीपुर, १४ असार । एसईई परीक्षामा दाङबाट दुईजनाले ४ जीपीए ल्याएका छन् । माउण्टभ्यू इङलिस बोर्डिङ स्कुल घोराहीकी छात्रा आयुष्मा घिमिरे र सिद्धार्थ एकेडेमी घोराहीका छात्र बिक्रम नेपालीलेमात्रै ४ जीपीए प्राप्त गरेका हुन् ।

शिक्षा समन्वय इकाइका अनुसार दाङमा पनि झण्डै आधा विद्यार्थी अनुत्तिर्ण भएका छन् । दाङमा ५ हजार ८ सय ९९ जनाको नन् ग्रेड आएको छ भने १ देखिमाथि र २ भन्दा तल जीपीए पाउने कोही छैनन् ।


त्यस्तै २ देखिमाथि २ दशमलव ४ भन्दा कम जीपीए ल्याउने ४५ जना, २ दशमलव ४ भन्दा माथि २ दशमलव ८ भन्दा कम जीपीए ल्याउने ८ सय १८, २ दशमलव ८ भन्दामाथि ३ दशमलव २ भन्दा कम जीपीए ल्याउने २ हजार १ सय ९१ छन् ।

यस्तै ३ दशमलव २ देखिमाथि ३ दशमलव ६ देखि कम जीपीए ल्याउने २ हजार २ सय २४, ३ दशमलव ६ भन्दामाथि ४ भन्दा कम जीपीए ल्याउने १ हजार ५७ जना र ४ जीपीए ल्याउने २ जना छन् । दाङमा कुल १२ हजार २ सय ३६ विद्यार्थीले एसइइ परीक्षा दिएका थिए ।