तुलसीपुर स्थित यातायात कार्यालय लाई सारिने

तुलसीपुर,१९ भदौ । दाङको तुलसीपर स्थित यातायात ब्यबस्था कार्यालयलाई सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरमा सारिने भएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद बैठकले गाईडहर स्थित तत्कालिन सीप विकास कार्यालय(हाल सामाजिक विकास डिभिजन कार्यालय)मा सार्ने निणर्य गरेको हो । सोही स्थानमा यस अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र अर्थ मन्त्री धनबहादुर मास्कीले अवलोकन पनि गरेका थिए ।

सोही स्थानमा नै यातायात कार्यालय सार्ने गरि निणर्य भएको हो । हाल यातायात कार्यालय घोराही रोडमा छ । भाडाको भवनमा रहेको र पार्किङ क्षेत्र पनि साँघुरो भएकाले सोही स्थानमा यातायात यातायात कार्यालय सञ्चालनमा निकै समस्या हुने गरेको थियो ।


त्यस्तै सामाजिक विकास डिभिजन कार्यालयलाई तुलसीपुर-१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सार्ने निणर्य पनि भएको छ । सिप विकास तालिम केन्द्रका सामानलाई उद्योग मन्त्रालयलाई हस्तारण गर्ने निणर्य भएको छ । केही समय अघि बेलभुण्डी सार्ने गरि छलफल पनि भएको थियो । जहाँ नयाँ संरचना निर्माण गर्नुपर्ने अबस्था थियो ।

तर, पहिले नै भवन तयारी अबस्थामा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा सार्दा सहज हुने भएकाले त्यहाँ सारिएको हो ।