दाङको दंगीशरण गाउँपालिका पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

प्रमोद आचार्य
दंगीशरण, १३ असार ।
दाङको दंगीशरण गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । विहिवार एक औपचारिक कार्यक्रमका विच पालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको हो । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता,जिल्ला समन्वय समिती दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेको बिशिस्ट आथित्यतामा पालिका घोषणा कार्यक्रम सम्पन्न गरीएको हो ।

गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले खोपलाई नेपाल सरकारले पहिलो कार्यक्रम र पहिलो प्राथमिकतामा राखेकाले पनि खोपको महत्व धेरै रहेको उल्लेख गर्नुभयो । खोपमा सम्पुर्ण बालबालिकालाई जोड्नु जनप्रतिनिधि एबम कर्मचारीको दायित्व हुने प्रमुख शर्माले बताउनुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खोप बालबालिकालाई नछुटाई लगाउन विशेष भुमिका र कार्य स्वयंसेवीकाहरुको हुने बताउनुभयो । स्वयंसेवीकाको साथ बिना स्वास्थ्यकर्मी एक्लै अगाडी बढ्ननसक्ने उहाँको भनाइथियो ।

oplus_0

पुर्वाधारको विकास सङसङ्गै मानविय विकास र स्वास्थ्यको क्षेत्रमा विशेष हेरचाहको आवस्यकहुने अध्यक्ष गिरीको भनाइ छ ।आफुहरु निर्वाचित भएर आइसकेपछी स्वास्थ्य शिक्षा कृषि र रोजगारलाई विशेष प्राथमिकतामा राखि अगाडी बढिरहेको बताउदै स्वास्थ्य क्षेत्रमा महिला स्वयंसेवीकाहरुको योगदान तथा कामको उच्च सम्मान समेत गर्नुभयो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले खोप लाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार रहेको बताउनुभयो । १३ वटा रोगहरुको बिरुद्द नियमित खोप लगाइरहेको अवस्थालाई पुर्णखोप भन्ने आचार्यले बताउनुभयो । बच्चा जन्मेदेखि १५ महिनासम्म ७ पटक खोपकेन्द्र पुगेर खोप लगाए पुराहुने बताउनुभयो ।


राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मेदेखि १५ महिनासम्म पाउनुपर्ने सबै खोप लगाएकोछ भने त्यसलाई पुर्णखोप मानिने उहाले बताउनुभयो ।१६ देखि ५९ महिना सम्म बालबालिकामा गरीएको सर्बेक्षण अनुसार दंगीशरण गाउँपालिकाका ८५९ बालबालिकामा खोप लगाइएको थियो ।

दंगीशरण गाउँपालिकामा ड्रोप आउट तिन जना, खोप नलाएको सुन्य संख्या रहेको जिल्लाको तथ्यांकमा उल्लेख गरीएको छ । पुर्ण खोप सुनिश्चितता दिगोपना कार्यक्रममा पुर्णखोपमा पु¥याएको योगदानको उच्च कदर गर्दै ७ वटै वडाहरुलाई सम्मानपत्र समेत प्रदान गरीएकोथियो । सोहि अवसरमा स्वास्थ्यकर्मीहरुले पुर्ण खोपमा पु¥याएको योगदान तथा सहयोगको कदर गर्दै प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरीएको हो ।

सोहि अवसरमा सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारी,स्वयंसेवीकाहरुको तर्फबाट गोमा न्यौपाने,आधारभुत स्वास्थ्यकेन्द्र रामपुरका प्रमुख दामोदर शर्मा लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगीले गर्नुभएकोथियो ।