रुकुम पश्चिम, १० चैत ।
रुकुम पश्चिममा विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीवार बेलुका ढुङ्गाले लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेको थियो । करिब ६०/७० मिटर माथिबाट आएको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी भट्टराईले जानकारी दिनुभयो ।
परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत थिए । ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
लाइभदाङ । १० चैत्र २०७९, शुक्रबार १३:०९ बजे