दाङ, १८ माघ । लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो ।
सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ ।
२१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।
लाइभदाङ । १८ माघ २०८०, बिहीबार १५:३० बजे