पश्चिम दाङको गंगटे जोड्न तीन वटा पुल निर्माण हुँदै, प्रक्रिया अन्तिम चरणमा

तुलसीपुर, ११ असार । पश्चिम दाङको विकट क्षेत्र गंगटे जोड्नकालागि तीन वटा पुल निर्माण हुने भएका छन् ।

हापुरे–गंगटे सडक खण्डमा पर्ने रिमखोली, तीन तले र भाङावारीमा पुल निर्माण हुने भएका हुन् । त्यसकालागि सडक पूर्वाधार विकास कार्यालय दाङले ठेक्का दिइसकेको छ ।

लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले ति खोलाहरुमा पुल निर्माणकालागि बजेट बिनियोजन गरेका थिए । पश्चिम दाङको गंगटे पुग्नकालागि निकै सास्ती हुने गरेको थियो ।


बर्षादको समयमा आवतजावत नै ठप्प हुने गर्छ । विरामी बाटोमै मृत्यु हुने अबस्था रहेकालाई यसलाई अन्त्य गर्न बजेट बिनियोजन गरेको प्रदेशसभा सदस्य समेत रहेका मास्कीले बताए ।

उनले पश्चिम दाङलाई सुगम दाङ बनाउने गरि लागेको समेत बताए । यी तीनवटै पुलमा मास्कीले ५०/५० लाख बजेट बिनियोजन गरेका थिए । मास्कीले चुनाबको बेला ग‌ंगटे पुगेर त्यहाँ पुग्ने सडक र पुल निर्माण गर्ने वाचा गरेका थिए । त्यही बाचा आफूले पूरा गरेकाे उनकाे भनाई छ ।