
दाङ,२५ मंसिर । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबहाक बस दाङको लमही नगरपालिका १ कौडियापुलमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
विहीबार (आज) बिहान करिब ३ बजेतिर ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले बताए । घाइतेहरूकोे लमही अस्पतालमा उपचार भइरहेको छ ।
बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको हुन सक्ने अनुमान गरिएको छ ।



लाइभदाङ । २६ मंसिर २०८२, बिहीबार ०७:४६ बजे