बबईको सिमलकुना स्कुलको अध्यक्षमा माओवादी विजयी

तुलसीपुर, १९ पुस । दाङ बबई गाउँपालिका वडा नं.१ स्थित जनता आधारभूत विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

विहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका टेकबहादुर बुढाले २९ मत ल्याएर जितेका छन् ।


उनका प्रतिद्वन्दी एमालेका मेघराज घर्तीले २५ मत ल्याएका थिए । त्यहाँ जम्मा ५७ मत थिए ।

अध्यक्षमा निर्वाचन भएको हो । अन्य सदस्यहरु पछि छनोट गरिने छ ।