शितल एकेडेमीको मानव सेवा आश्रमलाई आर्थिक सहयोग

दाङ, ११ असार ।
दाङ तुलसीपुरमा रहेको शितल एकेडेमीले मानव सेवा आश्रम तुलसीपुरलाई आर्थिक सहयोग गरेको छ । आज मंगलबार एकेडेमीले आश्रमलाई रु ३० हजार नगद सहयोग रकम हस्तानतरण गरेको हो ।

विद्यार्थीहरु, कर्मचारीहरु र संस्थाको सहयोगमा उक्त रकम उपलब्ध गराईएको शितल एकेडेमी तुलसीपुरका प्रमुख उमेश प्रशाद जोशीले जानकारी दिनुभयो । आफ्नो खाजा खर्च कटाएर बिध्यार्थीहरुले आश्रमलाई सहयोग गरेका हुन् ।


शितल एकेडेमीले बिगत केही बर्षदेखि तुलसीपुरमा अंग्रेजी भाषा, जर्मन भाषा, कोरियन भाषा,जापनिज भाषा, IELTS, PTE, बृज कोर्ष र कम्प्युटर सम्बन्धी कक्षाहरुमा अध्यापन गराईरहेको छ । विभिन्न समयमा एकेडेमीले सामाजिक कार्यहरुमा समेत सकृयता बढाएको छ ।