दाङमा खोलाबाट ढुंगा चोरी ल्याउँदै गरेको ट्याक्टरले किच्दा वलीको मृत्यु

तुलसीपुर
६ मंसिर / दाङमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ ।

बौलाहखोलाबाट ढुङ्गा लिएर फर्किदै गरेको लु ४त ७७७१ नम्बरको टेक्टरबाट खसेका वलीलाइ सोही ट्याक्टरले किच्दा शान्तिनगर गाउँपालिका–२ पेदा निबासी २२ बर्षीय लोक बहादुर वलीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार आईतबार साँझ ७ बजेतिर ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । चालक भने फरार रहेका छन् ।

टेक्टर खोलाबाट ढुंगा चोरी गरेर गाउँतर्फ फर्किदै गरेको प्रहरीले बताएको छ ।