तुसलीपुरको माइल्स कन्सलटेन्सी दोस्रो बर्षमा प्रवेश

तुलसीपुर,४ वैशाख । दाङको तुलसीपुर स्थित माइल्स इन्टरनेश्नल कन्सलटेन्सी दोस्रो बर्षमा प्रवेश गरेको छ । गएको बर्ष वैशाख ४ गते उक्त कन्सलटेन्सी स्थापना गरिएको थियो ।

एक बर्षको अबधीमा ६ सय बढि विद्यार्थीलाई अध्यापन गराएको कन्सलटेन्सीका डाइरेक्टर सन्दिप भुषालले बताए । अहिलेसम्म २६ जनालाई पढाईकालागि विदेश पठाइसकेको समेत उनले बताए । आफूहरु विदेशमा दक्ष शिक्षणकालागि पठाउने गरेको र त्यो जनशक्तिले पुनः नेपालमा आएर सेवा दिने कन्सलटेन्सीका निर्देशक आकाश सिंहले बताए ।

उनका अनुसार अहिले कन्सलटेन्सीले अष्ट्रेलिया, क्यानडा, अमेरिका,जापान,युकेसहितका देशमा पठाउँदै आएको छ । हाल कन्सलटेन्सीका २ वटा शाखा अष्ट्रेलियामा शाखा छन्, भने भियतनाममा पनि शाखा छन् । त्यस्तै नेपालमा बुटवल, काठमाडौंको जोरपार्टी, वनेश्वर पनि शाखा रहेको निर्देशक शर्मीला डीसीले बताईन् । अब केही समयमा पोखरा, नेपालगञ्ज र विराटनगरमा शाखा खोल्ने तयारी रहेको छ ।


कन्सलटेन्सी एक बर्ष पूरा भइ दुई बर्ष प्रवेश गरेको अबसरमा तुलसीपुर ६ गाईडहर स्थित मानव सेवा आश्रममा तरकारी वितरण गरिएको थियो । त्यस्तै कार्यालयमा समेत कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको थियो । त्यस अवसरमा सन्देश बुढाथोकीका वुवाले कन्सलटेन्सीले छोरालाई अष्ट्रेलिया पठाएको भन्दै अष्ट्रेलिया गएपछि सहज भएको बताए ।

त्यस अवसरमा पत्रकार दीपक बोहराले कन्सलटेन्सी खोल्नु मात्रै ठूलो कुरा नभई निरन्तरता दिनु ठूलो कुरा रहेको बताएका थिए । माइल्सले तुलसीपुरमा छोटो समयमा गरेको उपलब्धीको समेत प्रशंसा गरेका थिए ।