तुलसीपुर
६ मंसिर / नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) तुलसीपुर ९ को अध्यक्षमा मदन हमाललाई चयन गरिएको छ । शनिबार सम्पन्न वडा सम्मेलनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा पुस्तराम खरेल, सचिबमा प्रेमबहादुर बिक, सहसचिबमा टोपबहादुर चौधरी र कोषाध्यक्षमा विना विकलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा नारायण केसी, पीताम्बर खत्री, भेसराज बिक, नारायण बस्नेत, पल बहादुर ओली, धन बहादुर ओली, रमेश बिक, छबि प्रसाद बस्नेत, सीता डाँगी ओली, देव माया नेपाली, एक लाल परियार, कमला नेपाली, मीना कुमारी बुढाथोकी, पल बहादुर खड्का, खिम प्रशाद भट्टराई, रकम राज बिक, उमेश परियार, कमला कुमारी अधिकारी, मोती राम केसी, चन्द्र प्रकाश बिक, चन्द्रबहादुर ओली, भीम बहादुर ओली, पार्वती ओली घर्ती, नोख बहादुर पुन, मीना कुमारी खत्रीलगायत रहेका छन् ।
त्यस अवसरमा पार्टीका जिल्ला सदस्य यज्ञबहादुर केसी, नगर कमिटि सदस्य, केशव वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
लाइभदाङ । ६ मंसिर २०७८, सोमबार ०७:४० बजे