विद्यार्थी नेता चौधरीको जन्मदिनमा रक्तदान

तुलसीपुर, ११ असार । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङका पूर्व जिल्ला अध्यक्ष विष्णु चौधरीको जन्मदिनमा रक्तदान कार्यक्रम भएको छ ।

दाङ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मंगलबार रक्तदान कार्यक्रम भएको हो । त्यस अवसरमा बिभिन्न २५ जना युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए । रक्तदान नै जीवन दान भएकाले आफूले जन्मदिनमा उक्त कार्यक्रम आयोजना गरेको चौधरीले बताए ।

आफू जन्म लिएको दिनमा बिशेष कार्य गर्नुपर्ने मान्यता अनुरुप नै यस्तो कार्य गरिएको उनले बताए । जन्मदिनमा खर्चिलो भन्दा पनि सामाजिक रुपमा फाईदा हुने कार्य गर्नुपर्ने समेत उनको भनाई छ । यस्तै कार्यहरुले नै समाज रुपान्तरण हुने समेत चौधरीको भनाई छ ।


तुलसीपुर १८ निवासी चौधरीले जन्मदिनकै अवसरमा चिकिसालयका विरामीहरुलाई फलफूल पनि वितरण गरेका छन् । त्यस अवसरमा माओवादी केन्द्र तुलसीपुर नगर इञ्चार्ज डिल्ली अधिकारी, अध्यक्ष मोहन थापा, नेता मानसिंह सुनार, तुलसीपुर १९ कमिटि अध्यक्ष दुर्गा विकलगायतको सहभागिता रहेको थियो । उनी थारु समुदायबाट संस्कृतमा आचार्य गरेका एक मात्र ब्यक्ती हुन् ।