माओवादीको तर्फबाट दाङ निर्वाचन क्षेत्र ३ ‘ख’ मा यी नेताको चर्चा

दाङ, १५ भदौ ।
मंसिर ४ मा देशै भरि एकैसाथ प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव हुदैछ । निर्वाचन जति नजिकिदै छ निर्वाचनमा उमेदवार को हुने भन्ने चर्चा पनि उत्तिकै छ ।

यसैसन्दर्भमा दाङ निर्वाचन क्षेत्र ३ ‘ख’ मा पनि माओवादी केन्द्रबाट निर्वाचनमा को उमेदवार हुने भन्ने आन्तरिक रस्साकस्सी चलिरहेको छ ।

स्थानीय तहको मत र बिजयी स्थानहरु हेर्ने हो भने प्रतिनिधि सभा कांग्रेसको भागमा पर्ने देखिन्छ र प्रदेश ‘क’ यो भन्दा अगाडी कांग्रेसका डिल्ली चौधरीले नै जितेको हुनाले फेरी पनि कांग्रेसकै भागमा पर्ने अनुमान गरिएको छ र यो हुदा ‘ख’ माओवादीको भागमा पर्ने सम्भावना धेरै छ ।

माओवादी केन्द्रका निर्वाचन आयोग अध्यक्ष तथा संबिधान सभा सदस्य कुबेर वलीले यो भन्दा पहिलेको चुनावमा प्रदेश ‘क’ बाट चुनाव लड्ने इच्छा गरेका थिए तर टिकट पाएनन् । पार्टीले टिकट नदिएपछि बाघीसम्म हालेका थिए कुबेरले तर पछी सहमतिमा फिर्ता गरे । अहिले ‘क’ कांग्रेसको भागमा परे ‘ख’ बाट भएपनि चुनावमा उठ्ने उनि निकट नेताहरु बताउछन । तर हालसम्म कुबेर वलीबाट चुनाव लड्ने या नलड्ने कुनै औपचारिक घोषणा भएको छैन ।


यसैगरी अर्का बलिया सम्भावित उमेदवार हुन् युवा नेता धनबहादुर मास्की ‘राजेश’ । तत्कालिन माओवादीबाट संचालित जनयुद्दमा राजेश प्रचण्डको बिस्वासपात्र थिए । ठुल्ठुला आक्रमणमा प्रचण्डको रोजाइमा राजेश पर्ने गरेका थिए । उनको नेतृत्वमा भएका सबै आक्रमणहरु सफल भएका थिए । उनि डिभिजन कमान्डरको रुपमा कार्यरत थिए । हाल राजेश माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा रहेका छन् । अहिलेपनि प्रचण्ड निकट राजेशले प्रतिनिधिसभाको चुनावको तयारि गरिरहेका छाना तर प्रदेश मुख्यमन्त्रीमा पार्टीले अगाडी सारेमा राजेश प्रदेशको चुनावमा उठ्न सक्ने उनि निकट नेताहरु बताउछन ।

यसैगरी अर्का सम्भावित उमेदवार हुन् भिम बहादुर वली ‘ड्राइभर’ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यको जिम्मेवारीमा रहेका भिम बहादुरको चर्चा पनि उत्तिकै छ । तर उनले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा बबई गाउँपालिकाको प्रमुखमा पराजय भोगेका थिए । फेरी निर्वाचन लड्ने या नलड्ने भन्ने प्रश्नको जवाफमा वली भन्छन हिजो पालिकाको निर्वाचनमा साथीहरुले तपाइँनै हुनुपर्छ भन्नुभयो मैले नचाहदा नचाहदै उहाँहरुको कुरा माने पछी परिणाम फरक आयो । मेरो इच्छा पहिले देखिनै प्रदेशको निर्वाचन लड्ने थियो अब साथीहरुले तपाइनै हुनुपर्छ भन्नुभयो र पार्टीले टिकट दिएमा चुनाव लड्नेछु ।

मावोदी केन्द्र लुम्बिनी प्रदेश सदस्य हिरालाल चौधरी ‘बज्रु’ शिक्षक संगठनका नेता ज्योति चौधरी, प्रदेश सदस्य खड्के सुनार ‘शिशिर’, प्रदेश सदस्य राधिका परियार पनि प्रदेश ‘ख’ बाट चुनाव लड्ने तयारीमा छन् ।

निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्रका युवा विद्यार्थी नेताहरुपनि टिकट पाए चुनाव लड्ने मनस्थितिमा रहेका छन् । ति मध्य एक हुन् अशोक भण्डारी । विद्यार्थी राजनीति संगसंगै सामाजिक कार्यहरु गर्दै आएका नेता भण्डारीले केहि समय अगाडी फेसबुकमा स्टाटस लेख्दै पार्टीले टिकट दिएमा प्रदेशको चुनाव लड्ने इच्छा घोषणा गरेका थिए ।