तुलसीपुर,१९ फागुन ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक मेरुदण्डको सल्यक्रिया सफल भएको छ । रुखबाट लडेर ढाड भाँच्चिएकी घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियार निवासी ३३ वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्यक्रिया भएको हो ।
१० दिन अघि प्रतिष्ठानको आपतकालिन वार्डमा ढाड दुख्ने समस्या लिएर आएकी ति महिलाको एक्सरे गर्दा मेरुदण्डको हड्डी भाँच्चिएको रिपोर्ट आएको थियो । त्यसको २ दिनपछि मेरुदण्डको शल्यक्रिया गरिएको प्रतिष्ठानका डा. सागर पन्थीले बताउनुभयो ।
शल्यक्रिया पस्चात दुईदिन पछि विरामी हिड्न सकेको उहाँले बताउनुभयो । साथै ७ सम्म विरामीको अबस्था सामान्य भएपछि आज डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । हाडजोर्नी बिशेष डा. पन्थीको नेतृत्वको चिकित्सक, स्वास्थ्यकमर्मी र नर्ससहितको टोलीले सफल सल्यक्रिया गरेको हो ।
लाइभदाङ । १९ फाल्गुन २०७८, बिहीबार १५:५० बजे